पाँचथर– पाँचथरको कुम्मायक गाउँपालिका–१ को पृथ्वी माध्यमिक विद्यालयका चार विद्यार्थीलाई पुरस्कृत गरिएको छ । स्व. जानुका सुब्बा स्मृति अक्षयकोष रकमबाट कक्षा १२ को परिक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने प्राविधिक र साधारण तर्फ चार जना छात्र र छात्राहरुलाई नगद सहित पुरस्कृत गरिएको हो ।
विद्यालयमा सबै भन्दा ठुलो ६ लाख रुपैयाँको अक्षयकोषको ब्याज २४ हजार रुपैयाँबाट जनही ६ हजारको दरले विद्यार्थी पुरस्कृत गरिएको प्र.अ रिऋीराम गजुरेलले जानकारी दिनुभयो । पुरस्कृत हुने साधारण तर्फका सविना सम्बाहम्फे र लेखनाथ चम्लागाइ रहेका छन । उनिहरुले क्रमश, २.९९ र २.६९ जिपिए ल्याएर उर्तीण भएका थिए । त्यस्तै बाली विज्ञान तर्फका सुरितहाङ लावती र एलिसा लिम्बू रहेका छन । दुबैले क्रशम, ३.१७ र ३.०५ जिपिए ल्याउदै उर्तीण भएका छन ।
परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउदै उर्तिण हुने विद्यार्थीहरुलाई जनही ६ हजार नगद सहित सम्मान गरिएको स्व. जानुका सुब्बा स्मृति अक्षयकोषका सस्थापक प्रतिनिधि फगेन्द्र कुमार सम्बाहाम्फेले जानकारी दिनुभयो । स्व. जानुका सुब्बाका छोरा धिरेन्द्र र विक्रम लिम्बूले २०८० साल विद्यालयमा सबै भन्दा ठुलो ६ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । अक्षयकोष रकमबाट विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको दाताहरुले जनाएका छन ।
गाउँपालिका केन्द्रको विद्यालयमा विद्यार्थीको आर्कषण बढाउन बिभिन्न दाताको सहयोगमा अक्षयकोष स्थापना गरी पुरस्कार वितरण गर्दै आएको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष तथा कुम्मायक १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बताउनु भयो । उहाँले क्रमश दाताहरुको खोजी गरी अक्षयकोष रकमलाई बढाउँदै लाने विद्यालयले लक्ष्य लिएको लावतीको भनाइ छ ।
प्रतिक्रिया