फिदिम । सहकारी ठगी आरोपमा पक्राउ परेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवी लामिछानेलाई रिहा गर्न माग गर्दै रास्वपा पाँचथरले ज्ञापन पत्र बुझाएको छ ।
आइतबार सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै तत्काल रिहा गर्न माग गरेको हो ।
रास्वपाका संघिय निर्वाचन क्षेत्र, क्षेत्रिय समितिका सभापति दिपकप्रकाश भण्डारीसहितको टोलिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउदै सात बुँदै माग गरेको हो ।
यदि उक्त मागको विषयमा सरकारले आवश्यक कार्वाहि नगरे सरकारविरुद्ध सघन आन्दोलन गर्नेसमेत चेतावनी दिएको छ ।
प्रतिक्रिया