पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायकमा कर्मचारी नियुक्ति विवादः विधि र प्रकृया बिपरितको नियुक्ति तत्काल सच्याउन एमालेको माग

लिखित जवाफ दिने पालिका अध्यक्षको भनाई


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा अस्पताल विकास समितिले कानूनी प्रकृया पुरा नगरी कर्मचारी नियुक्ति गरेको भन्दै एमालेले आपत्ति जनाएको छ ।
कानुन विपरित नियुक्ति गरेको कर्मचारीलाई हटाएर फेरि सोही कर्मचारीहरु पुनः नियुक्त गरेपछि यस विषयलाई लिएर यहाँ विवाद उत्पन्न भएको छ ।

हटाइएका कर्मचारीहरु मध्ये केही कर्मचारीलाई अस्पताल विकास समितिले सोझै नियुक्ति दिएपछि नेकपा (एमाले) कुम्मायक गाउँपालिका कमिटीले ११ बुदे ध्यानाकर्षण पत्र बुझाउदै उक्त नियुक्ति तत्काल सच्याउन माग गरेको हो ।

आइतवार गाउँपालिका कमिटी अध्यक्ष मेघराज निरौलाद्धारा हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई बुझाउदै विधि र प्रकृया बिपरित कर्मचारी नियुक्ति गरेको भन्दै तत्काल निर्णय सच्याउन माग गरेको छ । गाउँपालिकाले १८ जना करारका कर्मचारी हटाएकोमा ४ जनालाई अस्पताल विकास समितिले सोझै नियुक्ति गरेको र बाँकी १४ जनालाई चासो नगरेको भन्दै अन्य कर्मचारीको पनि व्यवस्थापन गर्न माग गरेको छ ।

“गाउँपालिकाले जारी गरेको सूचना अपरिपक्क छ । करार सेवा भंग र स्थगित भन्दै लापरबाही र बदनियतका साथ केही कर्मचारी राखेर अरुलाई हटाउने काम भएको छ । ”

“गाउँपालिकाले जारी गरेको सूचना अपरिपक्क छ । करार सेवा भंग र स्थगित भन्दै लापरबाही र बदनियतका साथ केही कर्मचारी राखेर अरुलाई हटाउने काम भएको छ । ” – ध्यानाकर्षण पत्र बुझाउदै निरौलाले भन्नुभयो । प्रदेश सरकारले करारका कर्मचारी नियुक्ति नगर्नु भन्दै २०८० पौष २२ गते कानुन ल्याएको थियो । गाउँपालिकाले सोही कानुन विपरित कुम्मायक आधारभूत अस्पतालमा चार कर्मचारी नियुक्ति गरेको थियो । तर प्रदेशको कानुन विपरित नियुक्ति भएका चार कर्मचारीको करार स्थगित हुदा अन्य १४ जना पुराना कर्मचारीको हकमा पूर्वाग्रह साधिएको निरौलाको भनाइ छ ।

यता गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीले ११ बुदे ध्यानाकर्षण पत्रको विषयमा लिखित जवाफ दिने बताउनु भएको छ । उहाँले पालिकाले प्रदेश सरकारको कानुन अनुसारनै कर्मचारी नियुक्ति गरेको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले प्रदेश सरकारले बनाएको स्थानीय सरकारी सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको ऐन २०८० को व्यवस्था अनुसार कर्मचारी हटाएको दावी गर्नुभएको छ ।

यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले प्रदेश सरकारले बनाएको स्थानीय सरकारी सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको ऐन २०८० को व्यवस्था अनुसार कर्मचारी हटाएको दावी गर्नुभएको छ । “प्रदेश सरकारले २०८० पुष २२ गते जारी गरेको व्यवस्था अनुसार गाउँपालिकाले कुनै पनि कर्मचारी करारमा नियुक्त गर्न पाउने छैन भनि उल्लेख गरेको छ । ऐन विपरित करारमा कर्मचारी नियुक्ति पाएको व्यक्तिले पाएको तलब, भत्ता र अन्य सुविधा बापतको रकम नियुक्ति गर्ने कर्मचारी वा पदाधिकारीबाट असुलउपर गर्ने उल्लेख छ । सोही अनुसार गाउँपालिकाले करारका कर्मचारी हटाएको हो ।” अधिकारीले भन्नुभयो ।

गत असोज १६ गते बसेको कार्यपालिका बैठकले १८ जना कर्मचारीको करार सम्झौता भंग गरेको सूचना टासेको थियो । तर कार्तिक १ गतेदेखि कुम्मायक आधारभूत अस्पताल विकास समितिले गाउँपालिकाले हटाएको चार कर्मचारीलाई सोझै नियुक्ति गरेपछि गाउँपालिकामा विवाद उत्पन्न भएको छ ।