फिदिम । पाँचथरको फिदिम नगरपालिका २ साम्दिन घुम्तीस्थित एक घरमा मंगलबार भएको आगलागीमा घाइते जय प्रकाश राईको उपचारको क्रममा निधन भएको छ।
आगलागीमा घाइते भएका राईको पाँचथरमा उपचार हुन नसकेपछि झापाको बिएनसी अस्पताल लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभए पश्चात काठमाडौँ स्थित कीर्तिपुर अस्पताल रेफर गरिएको थियो ।
राईको अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
मङ्गलबार अपरान्न राईको तीन तले माटो र ढुङ्गाले बनेको घरमा आगलागी भएको थियो। किराना पसल समेत रहेको घर पूर्ण रुपमा जलेर ध्वस्त भएको छ।
प्रतिक्रिया