काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धानका लागि थप ५ दिन थप भएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले प्रसाईँमाथि अनुसन्धान गर्न ५ दिन थप गरेको हो ।
प्रसाईँलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले गत मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।
प्रसाईँले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा करोडौँको सम्पत्ति रहेको भन्दै ‘फेक डकुमेन्ट’ प्रचार गर्नुभएको थियो ।
बिहीबार विद्युतीय कारोबार अन्तर्गत अनुसन्धानको दायरामा रहेका प्रसाईँलाई उचित उपचारको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।
प्रसाईँ क्यान्सर रोगको बिरामी रहेको भन्दै उनका छोराले दिएको बन्दी प्रत्येक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उचित उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको हो ।
प्रतिक्रिया