पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेमीकाको हत्या

चिन्तन खबर

धनुषा । बिहे गर्ने विषयमा विवाद हुँदा धनुषामा एक युवकले प्रेमीकाको हत्या गरेको खुलासा भएको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका ५ उधा टोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो ।

हत्या आरोपमा धनुषा प्रहरीले जनकनन्दिनी गाउँपालिका–३ का २२ वर्षीय राम ललित खत्वे मण्डल, २० वर्षीय ज्ञानेन्द्र दास र धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डललाई गत बिहीबार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

रेखाको शव जनकनन्दिनी गाउँपालिका ४ खजुरी स्थित आमा खोलामा हत्या गरी प्लास्टिकको बोरामा राखेर फालेको अवस्थामा गत मंसिर ८ गते प्रहरीले फेला परेको थियो ।

चारवर्षदेखि रेखा र रामललितबीच प्रेम सम्बन्ध रहेको र विवाह गर्ने विषयमा भएको विवादमा हत्या भएको अनुसन्धानबाट खुलेको छ ।