पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साहित्यकार ओझा ‘कृष्णभुषण बल सिर्जना पुरस्कार’ बाट सम्मानित हुने

चिन्तन खबर

फिदिम । पाँचथरका अग्रज साहित्यकार तथा पत्रकार प्रेम ओझा ‘कृष्ण बल सिर्जना पुरस्कार’बाट सम्मानित हुने हुनुभएको छ ।‘ कृष्णभुषण बल स्मृति प्रतिष्ठान’ विराटनगरले २०८० सालको सो पुरस्कार ओझालाई प्रदान गरिने भएको हो ।

त्यस्तै प्रतिष्ठानले ‘कृष्णभुषण बल स्मृति सिर्जना पुरस्कार’ कवि तथा गीतकार शिवशंकर थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

यसअघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ, विष्णुविभु घिमिरे, दिनेश अधिकारी र शैलेन्द्र साकार सम्मानित भइसक्नुभएको छ ।

यसैगरी २०८० सालको कृष्णभुषण बल स्मृति सिर्जना विशेष सम्मान, कवि तथा गजलकार, अग्रज पत्रकार, अधिकारकर्मी प्रेम ओझालाई र ‘कृष्णभुषण बल स्मृति युवा सिर्जना पुरस्कार’ कवि शुभलक्ष्मी लम्साललाई प्रदान गरिने भएको हो ।

नेपाली साहित्यको कविता र गजल विधामा दिएको योगदानका लागि ओझा र लम्साललाई उक्त पुरस्कार सम्मान प्रदान गरिने निर्णय गरिएको आयोजकले जनाएको छ ।

यी पुरस्कारबाट यसअघि कविहरू कविराज पोखरेल, सुदीप पाख्रिन, निमेष निखिल, डा. गीता त्रिपाठी, सगुन सुसारा, डा. सुधा एम राई, सगुन सुसारा, विवश बलिभद्र कोइराला, रोशन परियार, उमेश लुइँटेल पुरस्कृत भइसकेका छन् । सम्मान र पुरस्कारको राशि जनही क्रमशः १५ हजार र ११ हजार रुपैयाँ रहेको छ ।

सम्मान आगामी माघ २६ गते शनिबार विराटनगरमा विशेष कार्यक्रम आयोजना गरी सम्बन्धित स्रष्टालाई हस्तान्तरण गरिने प्रतिष्ठानका महासचिव विवस पोखरेलले जानकारी दिनुभयो ।