फिदिम । पाँचथरको सदरमुकाम नजिकै रहेका माथिल्लो गाउँका स्थानीयहहरुले अब शुद्ध पिउने पानि पिउन पाउने भएका छन् । फिदिम खानेपानी उपभोक्ता समिति र खानेपानी डिभिजन कार्यालय पाँचथरको सहकार्यमा पानि प्रशोधन प्लान्ट निर्माण भएपछि यहाँका स्थानीहरुलाई पानि पिउन सहज हुने भएको हो ।
फिदिम नगरपालिका–१ को माथिल्लो गाउँमा उक्त प्लान्ट निर्माण सम्पन्न भएपश्चात शनिबार एक कार्यक्रमकाबीच पानि प्रशोधन प्लान्ट उद्घाटन गरिएको हो ।
उद्घाटन पश्चात प्लान्ट शनिबारदेखि सञ्चालनमा ल्याइएको फिदिम खानेपानी उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो ।
प्राकृतिक प्रक्रियाबाट रासायनिक तत्वहरूको न्यूनतम प्रयोग गरी, पानी शुद्धिकरण गर्ने यो प्लान्टबाट अब माथिल्लो गाउँका धाराहरूमा पानी प्रवाह हुने गुरुङले जानकारी दिनुभयो ।
शुद्धिकरणका क्रममा कपुरजस्ता साधारण प्राकृतिक उपाय प्रयोग गरी बाँकी कुनै रसायनहरु प्रयोग नगरिने गुरुङले जानकारी दिनुभयो ।
उपभोक्त समितिको १८ लाख ५० हजार र कार्यालयको १४ लाख ५० हजार गरी कूल ३३ लाख रुपैयाँ लागतमा प्लान्ट निर्माण गरिएको समितिले जनाएको छ ।
असोजको दोस्रो साताको अबिरल वर्षाका कारण फिदिमको खानेपानी व्यवस्थामा ठूलो क्षति पुगेको थियो।
समितिले १४ नयाँ मुहान पहिचान गरि काम अधि बढाइरहेको छ ।
तस्वीरः केन्जो खबरबाट
प्रतिक्रिया