यासोक। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा सम्पन्न दोस्रो कुम्मायक कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप–२०८३ को उपाधि तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लबले जितेको छ । शुक्रबार यासोक स्थीत पृथ्वी मा.वि.को खेल मैदानमा सम्पन्न फाइनल खेलमा रेड हर्ष एफसी इलामलाई २–१ गोल अन्तरले पराजित गर्दै म्याङलुङले उपाधि कब्जा गरेको हो ।
उपाधिको लागि खेलको २७ औं मिनेटमा तेह्रथुमका निसकुमार क्षेष्ठले सुरुवाती गोल गरेका थिए । खेलको ६१ औं मिनेटमा तेह्रथुमका पुजन चौधरीले दोस्रो गोल गर्दै इलाम बिरुद्ध २–० को अग्रता दिएका थिए । खेलको अन्तिम समयमा तेह्रथुमका क्याप्टेन बसन्त ओझाले अन गोल गरे गरेका थिए । इलामले अन्तिम समयसम्म गरेका केही प्रयास असफल हँुदा उपविजेतामा चिक्त बुझाउँन बाध्य बन्यो ।
विजेता बनेको म्याङलुङ स्पोर्टिङ क्लबले नगद रु. ४ लाख २५ हजार ५ सय ५५ सहित ट्रफी हात पार्यो भने उपविजेता रेड हर्ष एफसी इलामले नगद रु. २ लाख १२ हजार ७ सय ७७ सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । बिजेता र उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अथिति पाँचथरका प्रतिनिधि सभा सदस्य नरेन्द्रकुमार केरुङ र कुम्मायक गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती र उपाध्यक्ष महेन्द्र बहादुर खड्काले पुरस्कार बितरण गरेका थिए ।
फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका म्याङलुङका पुजन चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए । उनले नगद रु. ८ हजारसहित ट्रफि मेडल प्राप्त गरे । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि म्याङलुङका सन्तोष लिम्बु (सन्तु) घोषित भए । उनले नगद रु. १५ हजार हात पारे । प्रतियोगितामा इलामका उत्कृष्ट डिफेन्डर सुगम खजुम र उत्कृष्ट मिडफिल्डर म्याग्नेट लिम्बु घोषित भए भने् म्याङलुङको तर्फबाट उत्कृष्ट फरवार्ड निस कुमार श्रेष्ठ र उत्कृष्ट गोलकिपर प्रेम लिम्बु घोषित हुदै समान नगद १० हजार प्राप्त गरे ।
उत्कृष्ट प्रशिक्षक तेह्रथुमका प्रविन मोते घोषित हुदै नगद ७ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता तेह्रथुमका सन्तोष लिम्बु र आयोजकका लोकेन्द्र थापा घोषित हुदै नगद १२ हजार रुपैयाँ हात पारे ।
बैशाख १९ गतेदेखि संचालन भएको प्रतियोगितामा ८ टीमको सहभागीता रहेको थियो । यलम्बर युवा सस्था यासोकले आयोजनाको प्रतियोगिताको मुख्य प्रवद्र्धक कुम्मायक गाउँपालिका रहेको छ ।








प्रतिक्रिया