Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सबै सहर श्रमिकको मेहनतबाट बनेका हुन् : अध्यक्ष ओली « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सबै सहर श्रमिकको मेहनतबाट बनेका हुन् : अध्यक्ष ओली

चिन्तन खबर

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूरकै प्रयासका कारण सबै सहर अहिलेको अवस्थामा आएको उल्लेख गर्नुभयो ।

विगतदेखि नै मालिकलाई श्रमिकले बाँच्न पाउने गरी मात्रै ज्याला दिनुपर्छ भन्ने सोच पाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मजदूरलाई ज्याला दिँदा ऊ र उसको परिवार बाँच्न सकोस् भन्ने मात्रै थियो र तीनका सन्तानलाई पनि मजदूर नै बनाउने सोच पाइन्थ्यो ।” मजदूरको लामो सङ्घर्षबाट आन्दोलनको स्मरण गर्न मे दिवसका रुपमा मनाउन थालिएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो ।

विभेद र अत्याचार भएपछि मजदूर एकताबद्ध भएर आन्दोलन सुरु गरेको अध्यक्ष ओलीको भनाई छ । “त्यतिबेला श्रमिकको ज्यानको सुरक्षा पनि मालिकको हातमा हुने सोचाइ रहेको पाइन्थ्यो” उहाँले भन्नुभयो, “वर्गीय समाज बनेदेखि नै मजदूरलाई विभेद हुँदै आयो ।”

फरक प्रसङ्गमा अध्यक्ष ओलीले अहिले काठमाडौँ महानगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदका उम्मेदवार सक्षम र सबल रहेको उहाँले दावी गर्नुभयो । एकजना अनुभवी र अर्का युवा जोश भएकाले त्यो दुई कुराको संयोजन सकारात्मक रहेको उहाँले जिकिर गर्नुभयो । हाल प्रमुखका उम्मेदवारले यसअघि प्रमुख हुँदा सकारात्मक काम सुरु गरेको र उपप्रमुख डङ्गोल युवा, महिला, नयाँ पुस्ताका र काठमाडौँका स्थानीयको प्रतिनिधिका रुपमा रहनुभएको उहाँको तर्क थियो । अहिले सबैतिर एमालेका पक्षमा लहर रहेकोसमेत उहाँले दावी गर्नुभयो ।

सामाजिक न्याय र समानताको नेतृत्वको अगुवाई एमालेले गर्ने अध्यक्ष ओलीले बताउनुभयो । “शारीरिक अशक्तलाई सबल र सक्षम बनाउन र उनीहरुलाई सम्मानजनक बाँच्न पाउने व्यवस्था मिलाउने काम एमाले नेतृत्वको सरकारले गरेको हो” उहाँले दोहो¥याउनुभयो ।

उद्योग, श्रम, कृषि, व्यापार, बजार, सुरक्षा, सम्पदा, प्राकृतिक, नदीनालालगायतका क्षेत्रमा सुधारको नेतृत्व एमालले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो पहलमा बागमती, विष्णुमतिजस्ता धार्मिक नदी सफा गर्न अनेकन काम सुरु गरिएको थियो, अहिले त्यसमा केही सुधार आएको छ ।”