Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
कर्मचारीको तलब समायोजनको तयारी भइरहेको छः प्रधानमन्त्री ओली « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

कर्मचारीको तलब समायोजनको तयारी भइरहेको छः प्रधानमन्त्री ओली

चिन्तन खबर

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीको तलब समायोजनको तयारी भइरहेको बताउनुभएको छ।

सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै कर्मचारीको तलब समायोजनका विषयमा छलफल भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभएको हो।

२०८१ साउन २९ गते मंगलबार महान्यायाधिवक्ता कार्यालयको अवलोकन भ्रमणका क्रममा आयोजित कार्यक्रममा उहाँले तलब समायोजनको प्रसंग निकाल्नुभएको हो।

सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि तलब वृद्धिका विषयमा छलफल भएको थियो। सर्वोच्च अदालतले मर्यादाक्रमअनुसार फरक रहेको तलबमानमा एकरुपता कायम गर्न आदेश दिएको छ। अदालतको आदेश अनुसार साउन १ गतेदेखि नै लागू हुने गरी तलबमान समायोजन गर्ने तयारी सरकारले गरेको छ। समान मर्यादाक्रममा रहेका तर अन्य सरकारी सेवाको भन्दा कम सुरु तलब रहेको कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चले असार १० गते परमादेश आदेश जरी गरेको थियो।

आदेश अनुसार निजामती सेवाका राजपत्रांकित प्रथम, द्वितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलबमान मर्यादाक्रममा रहेका अन्य सरकारी सेवामा रहेका कर्मचारीसरह हुनेछ।