काठमाडौं । झापा र उदयपुरबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् ।
झापाको मेचिनगर नगरपालिका-६ मेचीपुलमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीको टोलीले हिजो साँझ २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका(२ का २४ बर्षीय खुमराज भण्डारी र दमक नगरपालिका-११ का २४ बर्षीय निलजङ बस्नेत रहेका छन् ।
भण्डकारीको साथबाट ५ ग्राम ब्राउन सुगर र बस्नेतको साथबाट २ ग्राम ४६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको छ ।
प्रतिक्रिया