Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
गुह्येश्वरी विद्यालयमा अक्षयकोष स्थापना « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

गुह्येश्वरी विद्यालयमा अक्षयकोष स्थापना


पाँचथर–पाँचथरको कुम्मायक गाउँपालिका(५ को गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीमा अक्षयकोष स्थापना गरिएको छ । आइतवार विद्यालय एक कार्यक्रमको आयोजना गरी नगद ३० हजार ५६५ रुपैयाँको ‘स्व. दुर्गा देवि भण्डारी स्मृति’अक्षयकोष स्थापना गरिएको हो । विद्यालयका संस्थापक प्रधानध्यापक प्रविण भण्डारीले स्व. श्रीमती दुर्गा देवी भण्डारीको स्मृतिमा अक्षयकोष स्थापना गर्नुभएको हो । अक्षयकोषको वार्षिक ब्याज रकमबाट विद्यालयका अपांग, असक्त र विपन्न बालबालिकाहरुलाई छात्रवृति प्रदान गर्ने उदेश्यले विद्यालयमा अक्षयकोष स्थापना गरेको भण्डारीको भनाइ छ ।

विद्यालयमा भण्डारीले स्थापना गरेको अक्षयकोषबाट शैक्षिण गुणस्तर सुधार गर्न महत्वपूर्ण सहयोग मिलेको विद्यालयले जनाएको छ । यो संगै विद्यालयमा चार वटा अक्षयकोष स्थापना गरिएको छ । यस अघि नै भवानी प्रसाद सोडारीले परिवारको स्मृतिमा ५१ ह्जार १ सय रुपैयाँ, पुनम भण्डारीले ५० हजार ५ सय रुपैयाँ र पाँचथर दोहा कतार सम्पर्क मञ्चले १३ हजार रुपैयाँको अक्षयकोष स्थापना भएको विद्यालयका प्रधानध्यापक भक्त बहादुर तामाङले बताउनुभयो । विद्यालयमा स्थापना गरिएको अक्षयकोषको बार्षिक व्याज रकमबाट विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्दै आएको विद्यालयले जनाएको छ ।