पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–१ का दश सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका दुई माध्यमिक र आठ आधारभूत गरी दश वटा सामुदायिक विद्यालयलाई २ लाखको शैक्षिक सामग्री वितरण गरिएको वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले जानकारी दिनुभयो ।
वडाले गत चालु आर्थिक वर्षको नगद रु २ लाख रुपैयाँमा खरिद गरेको खेलकुद र बर्णमाला सहित ३४ प्रकारका शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सो सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्ले वडाका सबै विद्यालयमा शैक्षिक सामग्री बितरण गरिएको वडाअध्यक्ष लावतीको भनाइ छ ।
प्रतिक्रिया