काठमाडौं । सल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशम्सेर राणाले भारतबाट दशैंको शुभकामना पठाएका छन् ।
‘म ठिक छु, सबै साथीहरूलाई बडा दशैंको शुभकामना भनिदिनु,’ राप्रपा प्रवक्ता सगुन सुन्दर लावतीसँग भिडियो च्याट गर्दै महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले मुम्बईबाट भने ।
राणाको स्वास्थ्य सुधारोन्मुख छ । सामान्य रुपमा हिँडडुल, कुराकानी र व्यायाम गर्छन् । दुई तीन दिनमा अस्पतालबाट डिस्चार्ज हुने संभावना छ, पारिवारिक स्रोतलाई उदृत गर्दै प्रवक्ता लावतीले शुक्रबार भने । उनी केही दिन मुम्बईमै रहने र छिट्टै नेपाल फर्किने बताइएको छ ।
हाल भारतमा रहेका राप्रपा पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले नियमित सम्पर्कमा रहेर महामन्त्री राणाको स्वास्थ्यस्थितिको जानकारी लिइरहेका छन् ।दाँतको गिजामा क्यान्सर देखेपछि उपचारका लागि राप्रपा महामन्त्री मुम्बईस्थित पुण्यश्लोक अहिल्याबाई होल्कर, हेड एण्ड नेक क्यान्सर इन्स्टिच्युट पुगेका थिए । डा. सुल्तान प्रधान नेतृत्वको टीमले शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेपछि, राणाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया