फिदिम । पाँचथरको सदरमुकाम फिदिममा जारी सातौं तरुण गोल्डकप अन्तरगत आइतबार भएको दोस्रो दिनको खेलमा तुम्बेवा गाउँपालिका र मिक्लाजुङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फिदिम माबिको मैदानमा आईतबार भएको खेलमा फाल्गुनन्द गाँउपालिकालाई १-० गोलले पराजित गर्दै तुम्बेवाले सेमी फाईनलको स्थान बनाएको हो । खेलाडि सन्तोस लिम्बुको गरेको १ गोलले नै सेमि फाइनलमा स्थान पक्का गरेको हो ।
आजको खेलमा फाल्गुनन्दका प्रणय आङ्देम्बे म्यान अफ दी म्याच घोसित भए । उनले १ हजार नगद पुरस्कार प्राप्त गरे ।
त्यस्तै आज भएको दोस्रो चरणको खेलमा हिलिहाङ गाँउपालिकालाई ट्राईब्रेकरमा ४–२ गोलले पराजित गर्दै मिक्लाजुङले सेमी फाईनलको स्थान बनाएको छ ।
निर्धारित समयमा दुबै टिमले समान २ गोल गरेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा मिक्लाजुङका सरोज राई, ब्रनिस राई, पुरन गुरुङ र स्वस्तिक राईले गोल गरे ।
पहिलो चरणको खेल सकिएसँगै तरुण गोल्डकपमा सेमी फाईनलको समिकरण पूरा भएको छ ।
सोमबार पनि सेमिफाइनलका दुई खेल हुने आयोजकले जनाएको छ ।
सेमीफाईनलको पहिलो खेलमा फिदिम र याङवरक आमने सामने हुनेछन् । त्यस्तै दोस्रो खेलमा मिक्लाजुङ र तुम्बेवाको भिड्नेछन् ।
प्रतियोगिताको बिजता टिमले १ लाख १ सय ७२ रुपैँया र उपबिजेता टिमले ५१ हजार १ सय ७२ रुपैँया नगद पुरस्कारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
फाइनल खेल सोमबार हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया