पाँचथर÷पाँचथरको कुम्मायक गाउँपालिकाले हटाएको कर्मचारीले कोशी प्रदेशका पुर्वमन्त्री तथा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र बहादुुर आङ्बोलाई ध्यानाकर्षण पत्र बुझाएका छन । प्रदेशबाट स्थायी कर्मचारी नआएको अवस्थामा आफुहरुलाई गाउँपालिकाले करार सेवाबाट हटाएको भन्दै पीडित कर्मचारीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन ।
उनिहरुले स्थानीय सरकारी सेवाको गठन संचालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको ऐन २०८० को व्यवस्था अनुसार करारका कर्मचारी राख्न नपाउने ऐन परिवर्तन गर्न माग सहित कर्मचारीले ध्यानाकर्षण बुझाएका छन । प्रदेश सरकारले २०८० पुष २२ गते जारी गरेको व्यवस्था अनुसार करारमा नियुक्ति गरेका १९ कर्मचारीको हटाएको थियो । अन्य स्थानीय तहले करारको कर्मचारी नहटाएको भन्दै कुम्मायक गाउँपालिकाले मात्रै करार सेवाबाट हटाएको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हुन । ध्यानाकर्षण पत्र बुझाउदै स्वास्थ्यकर्मी महेन्द्र सुन्दर कार्कीले भने् स्थायी प्रकृतिका कर्मचारी नआएको अवस्थामा एकै पटक १८ कर्मचारी गाउँपालिकाले हटाएको छ । हाम्रो ठाउँमा स्थायी कर्मचारी आएको भए चित्त बुझ्थ्यो । तर त्यसो भएन, हामीलाई एकै पटक हटाइयो ।
जवाफमा पूर्वमन्त्री आङ्बोले प्रदेश सरकारले बनाएको ऐन परिवर्तन गर्न सम्भव नभएको प्रष्ट पारे । उनले प्रदेश सरकारले स्थायी कर्मचारी स्थानीय तहमा पठाउन सो ऐन बनाएको बताए । प्रदेशबाट स्थायी कर्मचारी आएपछि कर्मचारी हटाएको भए हुन्थ्यो । कतिपय स्थानीय तहमा राजनीतिक प्रतिसोधले कर्मचारी हटाउने गरेको पाइएको छ । आङ्बोले भने् तथापी कुम्मायकले प्रदेशको कानुन र ऐन अनुसार करारका कर्मचारी हटाएको हो । तर स्थायी कर्मचारी नआएको खण्डमा एकै पटक धेरै कर्मचारी हटाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ ।
कुम्मायक गाउँपालिकाले हटाएका कर्मचारीले अन्यायमा परेको भन्दै केही हप्तादेखि गाउँपालिकाको ध्यानाकर्षण गर्दै आएका छन । यस अघि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए । त्यसको लगतै उनिहरुले पूर्वमन्त्री आङ्बोलाई ध्यानाकर्षण गराएका छन । गाउँपालिकाले हटाएको १८ कर्मचारी मध्ये ४ जना कर्मचारीलाई भने कुम्मायक आधारभूत अस्पताल विकास समितिले पुन ः नियुक्ति दिएको थियो ।
प्रतिक्रिया