पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुस मसान्तसम्ममा राष्ट्रिय युवा सङ्घ पाँचथरको अधिवेशन गर्ने निर्णय

चिन्तन खबर

फिदिम । राष्ट्रिय युवा संघ नेपाल, पाँचथरले पुस मसन्त सम्ममा जिल्ला अधिवेशन गर्ने गरि तयारी थालेको । मंगलबार केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा जिल्लाको तेस्रो बैठकले अधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य तथा पाँचथर इञ्चार्ज कमल थपलियाले जानकारी दिए ।

जिल्लाको तेस्रो पूर्ण बैठकले ८ वटा पालिकामध्ये एक नगरपालिकासहित ४ वटा पालिकामा मंसिर मसान्तसम्म र जिल्ला अधिवेशन पुस मसान्तसम्म गरिसक्ने गरी काम गर्न थेबेले निर्देशन दिनु भएको छ ।

मङ्गलबार सम्पन्न बैठकमा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिमल सापकोटा, सचिव पृथ्वीलावती, राष्ट्रिय युवा संघ नेपाल स्थाई कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी सह–इन्चार्ज गणेश योङहाङलगायतको उपस्थिति रहेको थियो ।
बैठक जिल्ला अध्यक्ष मदन लावतीको अध्यक्षतामा सम्पन्न भएको हो ।