फिदिम । हिलिहाङ गाउँपालिकामा नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ कमिटि गठन गरिएको छ ।
शनिवार सम्पन्न पालिकाको दोस्रो अधिवेशनले किस्मत उप्रेतीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । संगठनको उापध्यक्षमा दिपेश उबरकोटी, सचिवमा रिता उप्रेती, सह सचिवमा दुर्योधन दंगाल र रेस्मा श्रेष्ठ, कोषाध्यक्षमा बिराज भण्डारीसहित २१ सदस्य कमिटी गठन गरिएको अनेरास्ववियु सचिवालय सदस्य तथा विद्यार्थी फाट इन्चार्ज राजु थाम्सुहाङ्ले जानकारी दिनुभयो ।
अनेरास्ववियु हिलिहाङ्ग इन्चार्ज सुरेश माझी अध्यक्षतामा सञ्चालन भएको उक्त अधिवेशन पार्टी जिल्ला कमिटी सचिवालय सदस्य गोपि भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
बिशेश अथितीमा सचिवालय सदस्य तथा विद्यार्थी फाट इन्चार्ज राजु थाम्सुहाङ्ग, जिल्ला कमिटी सदस्य सिरि माङ्गयुङ्ग, अनेरास्ववियु जिल्ला कमिटी सह सचीव बृशिका नेम्बाङ्ग, पालिकाक कमिटी अध्यक्ष सन्तोष लिङ्गदेनको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया