पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ताप्लेजुङ आन्दोलन : ४ जिल्लाका सांसदलाई गृहमन्त्रीले बोलाए छलफलमा

चिन्तन खबर

काठमाडौं । ताप्लेजुङको पाथिभरा स्थित केवलकार निर्माणको विषयमा भइरहेको आन्दोलनका बारेमा बुझ्न गृहमन्त्री रमेश लेखकले पूर्वी पहाडका चार जिल्लाका सांसदहरुलाई छलफलमा बोलाउनुभएको छ ।

लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधिसभा सदस्यहरूलाई छलफल बोलाउनुभएको हो।

इलाम २ का सांसद सुहाङ नेम्वाङले अपरान्ह ५ बजे गृहमन्त्रालय बोलाइएको जानकारी दिनुभयो ।

शनिबार केबलकार निर्माणको विरोधमा उत्रिएका पहिचान पक्षधरहरूको समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो । सोक्रममा केही प्रदर्शनकारीलाई गोली लागेको थियो ।