पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तेह्रथुममा एक व्यक्तिलाई जिउँदै आगो लगाई हत्या प्रयास, चारजना पक्राउ


तेह्रथुम । तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ५ छातेढुंगा अर्चले चिसापानिमा बिहीबार चार जनाले एक व्यक्तिलाई सामुहीक कुटपिट पछि आगो लगाएर हत्या गर्ने प्रयास गरेको खुलासा भएको छ। ।

अर्चलेमा मेला भरेर घर फर्कने क्रममा आठराई गाउँपालिका ४ इवा ढोडेनीका ५५ वर्षीय धनपति प्रसाईलाई चिसापानिमा बाटो छेकेर कुटपिट पछि उक्त प्रयास भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

कुटपिट पछि घाइते भइ ढलेका प्रसाईलाई सेउला र झिक्राले छोपी आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

आगोले प्रसाईको देब्रे कानको भाग डढेको छ। घाइतेको जिल्ला अस्पताल पॉचथरमा सामान्य उपचार पछी थप उपचारका लागि बिर्ता सिटी अस्पताल झापा लगिएको प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न चार जनालाई नै पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय सक्रान्ति बजारका प्रमूख बिशाल लिम्बुले जानकारी दिनुभयो ।