पाँचथर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ का दुई जना बालबालिका विद्यालय जानेका क्रममा वेपत्ता भएका छन्। च्याङ्थापुस्थित विर्ख बहादुर राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई २०८२ साउन १५ गते (विहीबार) बिहान विद्यालयतर्फ हिँडेका थिए, तर सोही दिनदेखि उनीहरू घर फर्किएका छैनन्।
बालबालिका बेपत्ता भएको जानकारीसँगै याङवरक गाउँपालिकाले खोजी कार्यमा सहयोग गरिदिन सार्वजनिक अपिल जारी गरेको छ। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मदन केसीद्वारा जारी सूचनामा संघ–संस्था, निकाय, सुरक्षाकर्मी तथा आम नागरिकलाई खोजीमा सहयोग गर्न आग्रह गरिएको छ।
पालिकाले हराइरहेका बालबालिका फेला पार्न सक्ने सम्भावित स्थानहरूमा खोजी कार्य जारी रहेको जनाउँदै, कसैलाई उनीहरूबारे कुनै जानकारी भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय, वडा कार्यालय वा गाउँपालिका कार्यालयमा जानकारी गराइदिन अनुरोध गरेको छ।
याङवरक गाउँपालिका भारतसँगको सिमानामा पर्दछ ।
हराएका बालबालिकाको तस्वीर
प्रतिक्रिया