Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
फालेलुङ–८ मा १०० जनाभन्दा बढीले छोडे गठबन्धन, एमालेलाई सहयोग गर्ने घोषणा « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

फालेलुङ–८ मा १०० जनाभन्दा बढीले छोडे गठबन्धन, एमालेलाई सहयोग गर्ने घोषणा

चिन्तन खबर

फिदिम । सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि जनाउँदै पाँचथरको फालेलुङ गाउँपालिका–८ मा १०० जनाभन्दा बढीले नेकपा (माओवादी केन्द्र) परित्याग गरेका छन् ।

सत्तारुढ गठबन्धनप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र फालेलुङ गाउँपालिका कमिटीका सदस्य एवम् स्थानीय समाजसेवी भगिरथ केरुङको नेतृत्वमा उनीहरुले माओवादी केन्द्र परित्याग गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)लाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

केरुङ सहित माओवादी केन्द्रसम्वद्ध लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका पूर्व केन्द्रीय सचिव एवम् लिम्बु विद्यार्थी मञ्चका पूर्व केन्द्रीय अध्यक्ष इन्द्र हाङसरुम्बा, सशस्त्र जनयुद्धका कमाण्डरहरु फिपराज ताम्लिङ, असुनी जबेगू, अर्जुन केरुङ, डम्बर केरुङ लगायतले माओवादी केन्द्र परित्याग गर्दै एमालेमा समाहित हुने घोषणा गरेका हुन् ।

गठबन्धनका नाममा आफूखुशी निर्णय गराउने, आफ्नो ब्यक्तिगत स्वार्थ पूर्ती गर्दै कार्यकर्तालाई वेवास्ता गर्ने, भ्रष्टाचार र मनोमानी गर्ने प्रवृत्ति मौलाएकाले तानाशाही प्रवृत्तिका विरुद्ध आफूहरुले विद्रोह गरेको हाङसरुम्बाले जानकारी दिनुभयो ।