पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिङ्तेप गोल्डकपको उपाधि कुम्मायक–कुसायकलाई


पाँचथर । ताप्लेजुङको मेरिङदेन गाउँपालका–४, लिङ्तेपमा भएको प्रथम लिङ्तेप कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि कुम्मायक–कुसायक क्लब, कुम्मायकले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा कुम्मायक गाउँपालिका पाँचथरले साथीभाई सामाजिक युवा क्लब, फुङलिङलाई ४–२ को अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

उपाधिको लागि कुम्मायक कुसायकको जितमा सुशिल लावतीले दुई गोल गर्दा लोकेन्द्र थापा र सेमसिङ लावतीले थप एक–एक गोल गरे । पराजित साथीभाईका लागि भने दुवै गोल जमिन लक्षमले गरेका थिए । विजेता बनेको कुम्मायक कुसायकले उपाधिसहित नगद ३ लाख २ हजार ८२ रुपैयाँ हात पार्यो भने उपविजेता साथीभाई सामाजिक युवा क्लबले १ लाख ५१ ह्जार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।प्रतियोगितामा कुम्मायकका सुशिल लावती फाइनल खेलको म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै अन्य विधातर्फ कुम्मायक कै रोचक लावती उत्कृष्ट गोलरक्षक बन्दा साथीभाईका धर्मेन्द्र मगर उत्कृष्ट डिफेन्डर चुनिए । त्यस्तै कुम्मायकका लोकेन्द्र थापाले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउँदा कुम्मायक कै भगिन लावती उत्कृष्ट प्रशिक्षक चुनिए । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने साथीभाईका जमिन लक्षम घोषित भए ।

प्रतियोगिताका विजेता र उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी मेरिङदेन गाउँपालिकाका अध्यक्ष युगहाङ बीर हङगम डम्बर, मेरिङदेन गाउँपालिका वाड नम्बर ४ का अध्यक्ष वेद प्रसाद हङगम, आयोजक क्लबका अध्यक्ष विजय हङगम लगायतले पुरस्कृत गरेका थिए । प्रतियोगिता प्रगतिशील युवा क्लब, मेरिङदेन–४, लिङतेप, ताप्लेजुङको आयोजना गरेको हो ।