पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चेम्जोङ परिवारद्धारा विद्यालयमा अक्षयकोष स्थापना


यासोक । पाँचथरको कुम्मायक गाउँपालिका–५ को गुह्येश्वरी आधारभूत विद्यालय दुम्सिपोखरीमा अक्षयकोष स्थापना गरिएको छ । बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच “स्वगीय सीता चेम्जोङ स्मृति” अक्षयकोष स्थापना गरिएको हो । चेम्जोङको स्मृतिमा आमा धनमायाँ चेम्जोङले नगद रु ५० हजार १ सय रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो ।

अक्षयकोष रकम विद्यालयका प्रध्यानाध्यापक भक्तबहादुर तामाङलाई हस्तान्त्रण गरिएको थियो । विद्यालयमा स्थापना गरिएको अक्षयकोषको बार्षिक व्याज रकमले विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएको छ ।

विद्यालयको पूर्व विद्यार्थी समेत रहनुभएकी चेम्जोङको ४१ वर्षको अल्पआयुमै निधन भएको थियो । छोरीले आधारभूत तह अध्यायन गरेको विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यले अक्षयकोष स्थापना गरेको चेम्जोङ परिवारले जनाएको छ । चेम्जोङको वार्षिक पुन्य तिथिमा अक्षयकोष स्थापना गर्दै विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत बितरण गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।

विद्यालयमा केही वर्षदेखि अक्षयकोष स्थापना हुदै आएको छ । परिवारको स्मृति साथै विद्यार्थी प्रोत्साहन गर्न १० वटा अक्षयकोष स्थापना भएको छ । विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उदेश्यले स्थापना गरिएको अक्षयकोषबाट ५ लाख बढि रकम जम्मा भएको विद्यालयले जनाएको छ ।