पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मौवा जोड्ने कालोपत्रे सडक: गुणस्तरबारे किन उठ्यो प्रश्न ? अनुगमन टोली भन्छ ‘समस्या छैन’

गाउँपालिकालाई लान्छना सामाजिक संजालमा लगाएको भन्दै आपत्ती !

चिन्तन खबर

पाँचथर । पाँचथरको लखुवा–मौवा सडक कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । तुम्बेवा गाउँपालिका केन्द्र मौवा बजारलाई कालोपत्रे सडकमा जोड्न सुरु गरिएको काम अन्तिम चरणमा पुगेको हो । कालोपत्रेको काम अन्तिम चरणमा पुगेसंगै केही स्थानीयले गुणस्तरमा प्रश्न उठाएपछि पुर्वाधार विकास कार्यालय पाँचथरका इन्जिनियर मुकेशराज साह, गाउँपालिका अध्यक्ष बाबुराम खड्का र उपाध्यक्ष खड्गसुन्दर सम्बाहम्फेसहितको टोलीले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सडकको नाली माथीको भाग छोप्ने गरी कालोत्रपेको काम गर्दा छेउकोे भाग उक्लिएको पाइको छ । तर त्यो भाग उक्किदा असर नगर्ने पुर्वाधार विकास कार्यालयका इन्जिनियर मुकेशराज साहले चिन्तनखबरलाई जानकारी दिनुभयो । “हामीले लखुवा–मौवा सडकको सबै क्षेत्र हे-यौ, केही स्थानमा नाली माथीको भाग छोपेर कालोपत्रे गरेको पाइयो, तर त्यो भाग उक्लिएर गए पनि सडकको भागलाई कुनै असर गर्दैन, निर्माण व्यवसायीको अझै एक वर्ष मर्मत सुधार गर्ने समय छ, त्यो सबै सुधार हुन्छ ।”

सडक क्षेत्रको विषयमा सामाजिक संजालमा भिडियो राखेर प्रचार गरेको भन्दै स्थलगत रुपमा हेर्दा ठुलो समस्या नभएको प्राविधिक टोलिको निष्कर्ष छ । नालीको प्वालमा जोडेर कालोपत्रे गर्नुपर्नेमा नालीमाथीको भाग छोपिएको थियो । त्यो भाग उक्कीएर गएपनि सडकको लेवलमा समस्या छैन साहले भन्नुभयो। निर्माण कम्पनीले सम्झौता अवधिमै काम पुरा गर्दैछ । त्यसपछि एक वर्षको सर्मत सुधार गर्ने समय हुन्छ, त्यसैले अहिले नै डराउनु पर्ने अवस्था छैन साहको भनाई थियो ।

अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले विदेश र गाउँपालिका बाहिर बस्ने केही नागरिकले गाउँपालिकालाई लान्छना सामाजिक संजालमा लगाएको भन्दै आपत्ती जनाउनुभयो । “हामी माथी सामाजिक संजालमा आरोप लगाउँने काम भएको छ । बिना आधार बिना प्रमाण यसरी आरोप लगाउने काम गलत हो, उहाँले भन्नुभयो – “गाउँपालिकाले अनुगमन र निगरानी गर्ने हो, यो योजना प्रदेश सरकारको भएकाले पुर्वाधार विकास कार्यालय पाँचथरले पनि नियमित अनुगमन गर्दै आएको छ । अहिलेसम्म सडकमा कमीकमजोरी हुन दिएको छैनौं ।”

तमोर कोरिडोरको लखुवादेखि पालिकाको केन्द्र मौवा बजारसम्मको १४ दशमलव ९ किलोमिटर सडक कालोपत्रेको भौतिक प्रगति ९९.५ प्रतिशत पुरा भएको छ । लखुवादोभान–मौवा बजार सडक खण्ड कालोपत्रे गर्न कोशी प्रदेश सरकारको ४५ करोड, ९० लाख ९८ हजार ३२८ रुपैयाँमा पूर्वाधार विकास कार्यालय पाँचथरले श्री खरिढुंगा गोल्मेधर जेभी भक्तपुरलाई ठेक्का दिएको थियो । कालोपत्रेको ठेक्का पाएको निर्माण कम्पनीले २०७९ बैसाख देखि २०८२ चैत २० गतेसम्म छ ।