यासोक । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोमा संचालन हुन लागेको कुम्मायक–कुसायक आमन्त्रण गोल्डकप प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आइतवार यासोक बजारमा एक कार्यक्रमका बीच यलम्बर युवा सस्था यासोकले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । बैशाख १९ गतेदेखि सुरु हुने प्रतियोगिताको पहिलो खेल आयोजक यलम्बर युवा संस्था र कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङ बीच हुनेछ ।
२० गते झापा ११ झापा र रेडहर्स फुटबल क्लव इलाम बीच हुनेछ । त्यस्तै २१ गते म्याङलुङ स्पोटिङ क्लव र मरिक फुटबल क्लब धरान, २२ गते पथरी ११ फुटबल क्लव मोरङ र पाँचथर फुटबल क्लव बीच प्रतिस्प्रधा हुने आयोजक सस्थाले जनाएको छ । प्रतियोगिताको सेमिफाइनल खेल बैशाख २३ र २४ गते संचालन हुनेछ, भने फाइनल खेल बैशाख २५ गते हुने आयोजक संस्थाका अध्यक्ष बिवश लावतीको भनाइ छ । आठ टीमको सहभागी हुने प्रतियोगिताको बिजेता टोलीले प्रथम पुरस्कार नगद ४ लाख २५ हजार ५५५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र र उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
त्यसैगरी सबै खेलका उत्कृष्ठ खेलाडीहरुको लागि विधागत पुरस्कारको व्यवस्था समेत रहेको छ । मुख्य प्रवद्र्धक कुम्मायक गाउँपालिका रहको प्रतियोगिता सम्पन्न गर्न ३९ लाख १८ हजार ३३२ रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।








प्रतिक्रिया