पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विद्यालयमा लागू औषध नियन्त्रण सम्बन्धि सचेतना कार्यक्रम


पाँचथर। पृथ्वी मावि यासोकका विद्यार्थीहरूलाई लागू औषध दुव्र्यसनका कारण, असर तथा बच्ने उपायबारे जानकारी दिएको छ । कुम्मायक गाउँपालिका केन्द्रको विद्यालयका विद्यार्थीहरुको लागि लागू औषध दुव्र्यसनले शैक्षिक, मानसिक, सामाजिक तथा पारिवारिक जीवनमा पार्ने नकारात्मक प्रभावबारे प्रकाश पार्दै जिल्ला प्रहरी कार्यालय पाँचथरका डियस्पी अनिश कुमार कर्णले यसबाट टाढा रहन आग्रह गर्नुभएको थियो । कर्णले सही संगत, अनुशासित जीवनशैली र अभिभावक तथा शिक्षकको निगरानीले दुव्र्यसन न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सचेतना कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागू औषधको जोखिम, कानुनी व्यवस्था तथा दुव्र्यसनबाट जोगिने उपायबारे जानकारी प्राप्त गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष वंम प्रसाद लावती प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, विद्यालयको प्रधानाध्यापक फुलकुमारी नेम्वाङले सहभागी विद्यार्थीहरुलाई लागु औषध दुव्र्यसनबाट सावधानी अपनाउँदै सकारात्मक सोचको विकास गर्न तथा लागू औषधविरुद्ध सचेतना फैलाउन सुझाव दिनु भएको थियो । विद्यार्थी र शिक्षकको सहभागीता रहेको कार्यक्रम कुम्मायक गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय पाँचथरले आयोजना गरेको हो ।