पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिशाली मेलाको सार्वजनिक सुनुवाइ, साढे तीन लाख बढि रकम बचत


यासोक  ।  पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा २०८३ बैशाख २३ देखि २५ गतेसम्म संचालन भएको त्रिशाली पुजा र मेलाको आय व्याय सहितको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । कुम्मायक–१ नम्बर वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाइमा १८ लाख ७ हजार ७४७ रुपैयाँ सहितको आय व्याय सहितको सार्वजनिक सुनुवाइ गरिएको हो ।

बैशाख २३, २४ र २५ गतेसम्म भएको तङसुम तङनाम त्रिशाली पुजा र मेलाको अवसरमा कुम्मायक गाउँपालिका, मन्दिर र टोलबस्तीमा संकलन भएको भेटी, मिनिमेलाबाट भएको आम्दानी नगद रु १८ लाख ७ हजार ७४७ रुपैयाँ संकलन भएको थियो । संकलन भएको रकम मध्ये १४ लाख ३१ हजार ५३० रुपैयाँ खर्च भएको थियो । खर्च भएर वचत रहेको रकम रु ३ लाख ७६ हजार ११७ रुपैयाँ रहेको त्रिशाली पुजा मेला मुल समारोह समिति अध्यक्ष, कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्र कुमार लावतीले बताउनुभयो ।

बचत रहेको ३ लाख ७६ हजार ११७ रुपैयाँ रकम व्याजमा लगानी गर्ने लावतीको भनाइ छ । मेला बैशाख १९ गतेदेखि सुरु भएको थियो भने मुख्य मेला २३ गतेदेखि २५ गतेसम्म संचालन भएको थियो । सार्वजनिक सुनुवाइ तङ्सुम तङ्नाम। त्रीशालि पूजा एवम् मेला मुल समारोह समितिले आयोजना गरेको हो ।