पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कुम्मायकमा वन ऐन, कानुन र प्रकृया सम्बन्धि अभिमूखिकरण


पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रको यासोकमा वनसम्बन्धी प्रचलित ऐन, कानुन तथा सामुदायिक वनको प्रक्रिया सम्बन्धि पालिकास्तरीय अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ । नेपालको पूर्वी पहाडी क्षेत्रमा वन, भूमि तथा जैविक विविधताको दिगो व्यवस्थापनको लागि क्षमता अभिवृद्धि आयोजनाअन्तर्गत कार्यक्रम आयोजना गरिएको हो ।

वनसम्बन्धी मौजुदा ऐन, कानुन र सामुदायिक वनको प्रक्रिया सम्बन्धी सहभागीहरुलाई जानकारी गराइएको थियो । दुई दिनसम्म संचालन भएको अभिमुखीकरण गोष्ठीको सहजिकरण कोशी प्रदेशका वन बातावरण बिज्ञ गणेश तिम्सिना र सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर अध्यक्ष राजेन्द्र काफ्लेले सहजिकरण गर्नुभएको थियो ।

कात्तिक १८ र १९ गते संचालन भएको कार्यक्रमका सहभागीहरुलाई वन व्यवस्थापन, वनसम्बन्धी कानुनी व्यवस्था तथा सामुदायिक वन सञ्चालनका प्रक्रियाबारे जानकारी गराइएको थियो । वन, भूमि तथा जैविक विविधताको संरक्षण र दिगो व्यवस्थापनमा स्थानीय समुदायको भूमिका प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कोशी प्रदेश महासंघ, सुनसरीले आयोजना गरेको कार्यक्रमको व्यवस्थापन सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्थानीय महासंघ कुम्मायक, पाँचथरले गरेको थियो । तालिममा सामुदायिक वनका उपभोक्ता, आदिवासी जनजाती र जनप्रतिनिधि सहित ३० जनाको सहभागीता रहेको थियो ।