पाँचथरको फाल्गुनन्द गाउँपालिका–६ र ७ नम्बर वडाको सवाँगुमा ऐतिहासिक द्धितीया मेला तथा भलिवल प्रतियोगिता संचालन हुने भएको छ । दिपावलीको अवसरमा त्रिवेणी युवा क्लव नेपालले खुल्ला नकाउट पुरुष भलिवल प्रतियोगिता सहित मेला संचालन गर्न लागेको हो । मेलाको अवसरमा सास्कृतिक कार्यक्रम, भलिवल प्रतियोगिता, पालाम, हाक्पारे साथै बिभिन्न जातजातिको नृत्य प्रर्दशन हुने बताइएको छ ।
वर्षेनी दिपावलीको अवसरमा संचालन हुने मेलामा बिभिन्न स्टल प्रर्दशन, रोटेपिङ र खेलकुदका कार्यक्रमले थप आकर्षण थप्ने मेला तथा बजार व्यवस्थापन समिति संयोजक अमर आङ्देम्बेले बताउनुभयो ।
मेलाका मुख्य आर्कषणको रुपमा रहेको भलिवल प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५५ हजार ५५५ रुपैयाँ, उपविजेताले नगद ८५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक विक्रम आङदेम्बेले बताउनुभयो । ठुलो पुरस्कार राशीको प्रतियोगिताको विदागत पुरस्कारको समेत व्यवस्थापन गरिएको उहाँको भनाइ छ ।
कात्तिक २५ गतेदेखी २७ गतेसम्म संचालन हुने मेलाको मुख्य प्रर्वद्धक फाल्गुनन्द गाउँपालिकाको कार्यालय र सहप्रर्वद्धक फाल्गुनन्द–६ र ७ नम्बर वडा कार्यालय रहेको क्लवका अध्यक्ष डिगम कुरुम्बाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया