Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
मौन अवधिमा यस्ता काम गर्न पाईदैन ? « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

मौन अवधिमा यस्ता काम गर्न पाईदैन ?

चिन्तन खबर

फिदिम । आगामि बैशाख ३० गते स्थानीय तहको दोस्रो निर्वाचन हुँदै छ । राजनीतिक दलहरु यतिबेला मतदाताको घरघरमा मत माग्न व्यस्त छन् । राजनीतिक दलहरुले मंगलबार दिनभर भने भोट माग्न पाउनेछन् । मंगलबार राति १२ बजेबाट भने उम्मेद्वारहरुले भोट माग्न तथा प्रचारप्रसार गर्न पाउँदैनन् ।

निर्वाचन आयोगले मौन अवधिको समयमा निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रका तीन सय मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने तथा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने व्यवस्था रहेको छ ।
मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

मौन अवधिको समयमा निर्वाचन प्रचार–प्रसारका तथा क्ुनै पनि नशालु पदार्थ तथा मादक पदार्थ सेवन गर्न नहुँने । उम्मेद्वारको पक्ष विपक्षमा मतदान लागायत कुनै पनि छलफल गर्न नहुँने, सामाजिक सञ्जालको प्रयोग गरि पक्ष वा विपक्ष तथा भा्रमक सामग्री प्रशारण गर्न नपाउने आयोगले जनाएको छ ।