फिदिम । अगामि वैशाख ३० गते हुने स्थानिय निर्वाचनका दिन सरकारले सार्वजनिका विदा दिने निर्णय गरेको छ ।
गत आइतबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । यहि बैशाख ३० गते ७५३ वटै स्थानिय तहमा एकैसाथ निर्वाचन हुदैछ ।
गृह मन्त्रालयले जारि गरेको सूचनामा ‘स्थानीय तह निर्वाचन, २०७९ को मतदान हुने २०७९ वैशाख ३० गते शुक्रबारका दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालयहरु र सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषदबाट २०७९ वैशाख २५ मा निर्णय भएको उल्लेख छ ।
प्रतिक्रिया