हिलिहाङ । नेकपा(एमाले)का नेता तथा पूर्व मन्त्री योगेश कुमार भट्टराईले जनताका बैरीहरु अबको ४८ घण्टा राति समयमा सक्रिय हुने दावी गर्नुभएको छ । पाँचथरको हिलिहाङ गाउँपालिकामा एमालेले आयोजना गरेका बृहत आमसभालाई संम्बोधन गर्दै जनताका दुस्मनहरु लाटोकोसेरो जस्तै अबको ४८ रातिमा सक्रिय हुने बताउनुभएको हो ।
उहाँले ति लाटोकोसेराहरु दिउसो आँखा देख्दैनन् । अबको ४८ घण्टा ती सक्रिय हुन्छन् त्यहि भएर उनीहरुको पछिपछि लाग्नुपर्ने बताउनुभएको छ । देशको स्वाभिमान बचाउन हामि पनि सावधानिका साथ अघि बढ्नुपर्ने र ति दुस्मनहरुलाई पछि पार्नुपर्ने बताउनुभयो ।
उहाँले एमाले जनताको पक्षमाका काम गर्ने पार्टी भएकोसमेत बताउनुभएको छ । उहाँले बृद्ध, एकल महिला, अपाङ्ग, दलित लगायतालाई भत्ता एमालेकै सरकारका पालामा दिन थालिएको बताउनुभएको छ । यो देशमा जाती जनजाती, अन्य जातीको बीचमा द्वन्द फैलाउने काम भएको बेला एमालेले त्यस्ता गलत कृयाकलाप लाई रोकेर सबै मिलेर जानु पर्छ भन्दै त्यस्ता अराजक गतिविधिको अन्त्य गरेको उहाँले बताउनुभयो ।
उहाँले मुलुकको समृद्धिको ढोका खोल्ने एमालेकै सरकारका पालामा भएको दावी गर्नुभएको छ । सुरुङमार्ग बनाउन, रेल सञ्चालन लगायतका देश विकासलाई अघि बढाउने काम एमाले सरकारले गरेको उहाँले बताउनुभयो ।
नेपालले संयुक्त राष्ट्रसंघ, असंलग्न राष्ट्रहरुको आन्दोलन, सार्क लगायतका संघ संस्थाहरुका मञ्चमा नेपालले पञ्चशिलको सिद्धान्तका आधारमा नेपाल स्वतन्त्र राष्ट्र भएको विषय एमालेको सरकारले अन्तर्राष्ट्रिय मञ्चहरुमा कुरा उठाएको बताउनुभएको छ ।
नेकपा एमालले मुलुकको समृद्धिको ढोका खोल्ने पार्टी भएको, देशको राष्ट्रियता र स्वाभिमानको झण्डा उठाएकोले एमालेलाई मत दिनु आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया