फिदिम । झापाको हल्दिबारी गाउँपालीका– २ मा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा राई टोल बस्ने २६ वर्षीय भेना हस्दा रहेका छन् ।
गएरातीे शौच गर्न कोठाबाट बाहरि निस्किएका वेला लागेको चट्याङले घटनास्थलमै उनको मृत्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारि दिनुभएको छ ।
प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पुरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको जनाइएको छ।
प्रतिक्रिया