काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै आन्तरिक हवाई भाडादर पनि बढेको छ ।
आगामी बुधबारदेखि लागू हुनेगरी वायु सेवा सञ्चालक संघले हवाई भाडा बढाएको हो । इन्धनको मूल्य बढेसँगै संघले रुटअनुसार न्यूनतम ९० देखि अधिकत ४४५ रुपैयाँसम्म हवाई भाडा बढाएको छ । संघकाअनुसार काठमाडौं–सिमरा उडानमा ९० रुपैयाँ र काठमाडौं–धनगढी रुटमा सबैभन्दा बढी ४४५ रुपैयाँ भाडा बढेको छ ।
प्रतिक्रिया