काठमाडौं । आज बसेको संसद बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जथाभावि बोल्नुभएको छ ।
मन्त्री बडू विहिबार नीति तथा कार्यक्रमका विषयमा ओलीले दिएको प्रतिकृयालाई तथानाम गालि गर्नुभएको हो ।
बडूको उक्त हर्कत पश्चात नेकपा (एमाले)ले नियमापत्ति जनाउदै संसद अबरोध गरेको छ ।
मुल्यवृद्धिबारे भ्रामक प्रचारको जवाफ दिन्छु भन्दै रोष्टममा उभिएका बडूले प्रमुख प्रतिपक्ष दलका नेताले गरेका टिप्पणीप्रति सरकारको र मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको बताउनु भयो ।
उहाँले ओलीको अभिव्यक्तिलाई अराजनीतिक, भ्रामक र खेदजनक टिप्पणी भनेपछि एमालेका सांसदहरू नियमापत्ति गर्दै उठेको थिए ।
प्रतिक्रिया