काठमाडौं । पोखराबाट जोमसोम उडेर सम्पर्कविहीन भएको तारा एयरको विमान दुर्घटना भएको आशंका गरिएको छ । जहाज मुस्ताङ जिल्लाको लेतेमा दुर्घटनाग्रस्त भएको हुनसक्ने आशंंका गरिएको हो ।
लेतेका स्थानीयहरुका अनुसार त्यहाँ विमान दुर्घटना भएको बुझिएको म्याग्दीका डिएसपी तिलक भारती जानकारी दिनुभएको छ । तर यसको पुष्टि हुनबाँकी छ ।
स्थानीयले ठूलो आवाज सुनेको जानकारी गराएको तर त्यहाँ टोली पुग्न बाँकी नै रहेकोले यसको पुष्टि गर्न भने अहिल्यै नसकिने डिएसपी भारतिले जनाकारी दिनुभएको छ ।
आज विहान तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्क विहीन भएको छ ।
प्रतिक्रिया