Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
यार्सागुम्बा खोज्न गएकाहरूले फेला पारे दुर्घटनाग्रस्त जहाज « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

यार्सागुम्बा खोज्न गएकाहरूले फेला पारे दुर्घटनाग्रस्त जहाज

विपुल अधिकारी

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए।

आइतबार बिहानदेखि हराइरहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो। थासाङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गौतम शेरचनले दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला परेको बताए। उनकाअनुसार यार्सा टिप्न गएकाहरूले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गरेका हुन्।

‘सुमित गौचनलगायत टोलीले दुर्घटनाग्रस्त अवस्थामा जहाज देखेपछि खबर गर्नुभएको हो। उहाँले फोटोसमेत पठाउनुभएको छ,’ वडाध्यक्ष शेरचनले भने, ‘उहाँ वडा नम्बर ३ लेतेको बासिन्दा हो। जहाज हराएको भन्ने खबर पाएपछि उहाँ हिजो खर्क जानुभएको थियो। यार्सा खोज्न गएकाहरूसँग राति गोठमा बसेर उहाँसहितले आज बिहान करिब दुई घन्टा माथि पुग्दा जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि खबर गर्नुभयो।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले यार्सागुम्बा खोज्न गएका विशाल घर्तीले पनि दुर्घटनाग्रस्त जहाजको तस्बिर र जहाज फेला परेको जानकारी दिएको बताए। ‘उहाँले टेलिफोन गरेर जहाज फेला परेको भन्नुभयो। जहाजको दुर्घटनाग्रस्त फोटो पनि पठाउनुभएको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा सुरक्षाकर्मी पठाइएको छ। हिँडेर जान करिब सात घन्टा लाग्छ। फिस्टेल एयरको हेलिकप्टरबाट पनि सुरक्षाकर्मी पठाइएको छ।’

गाउँबाट जहाज दुर्घटनाग्रस्त भएको ठाउँमा पुग्न करिब चार घन्टा लाग्ने उनले बताए। मौसम सफा हुँदै गएकोले जहाज दुर्घटनास्थल वरपर हेलिकप्टरबाट जाने तयारी गरिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पनि तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।

आइतबार बिहान ९ः५५ मा पोखराबाट उडेको जहाज १०ः१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर १०ः०७ बजेदेखि जहाज सम्पर्कविहीन थियो। तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।

जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्रु थिए। जहाजमा २ जना जर्मन, चार भारतीय र १३ नेपाली यात्रु थिए।