पाँचथर । जिल्लाका लागि यसवर्ष संघिय सरकारले तीन अर्व २७ करोड विनियोजन गरेको छ । जिललका ८ वटा स्थानीय तहका लागि आर्थिक वर्ष २०७९/०८० मा सरकारले विभिन्न शिर्षकमा अनुदान बजेट विनियोजन गरेको हो ।
संघिय सरकारले फिदिम नगरपालिकाका लागि सबैभन्दा बढी ७५ करोड ५१ लाख रुपैया बजेट विनियोजन गरेको हो । यसै गरेर सबैभन्दा थोरै कुम्मायक गाउँपालिकालाई बजेट छुट्याएको छ ।
कुम्मायकका लागि बजेट २५ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको हो ।
यसैगरी तुम्वेवा गाँउपालिकाको लागि २६ करोड ३९ लाख रुपैयाँ विनियोजन भएको छ । फालेलुङ गाउँपालिकाको लागि ३८ करोड ३४ लाख, फाल्गुनन्द गाउँपालिकाको लागि ४४ करोड ५७ लाख, मिक्लाजुङ गाउँपालिकाको लागि ४७ करोड ७२ लाख, याङवरक गाउँपालिकाको लागि ३७ करोड ४४ र हिलिहाङ गाउँपालिकाको लागि ३२ करोड ७७ लाख रुपैयाँ विनियोजन भएको छ ।
विनियोजित बजेट समानिकरण अनुदान,(न्यूनतम, सुत्रमा आधारित, कार्यसम्पादनमा आधारित अनुदान) सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान गरी ४ भागमा वर्गीकरण गरि संघिय सरकारले विनियोजन गरेको हो ।
कार्यसम्पादनको आधारमा पाँचथरमा सबैभन्दा बढी बजेट याङवरक गाउँपालिकाले प्राप्त गरेको छ । कार्यसम्पादन तर्फ यो गाउँपालिकाले ६४ लाख रुपैयाँ बजेट प्राप्त गरेको हो । दोश्रोमा फिदिम नगरपालिकाले ६० लाख प्राप्त गरेको छ भने सवैभन्दा कम कुम्मायक गाउँपालिकाले ४५ लाख प्राप्त गरेको छ ।
प्रतिक्रिया