पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अछामका विनोद शाहीको मृत्यु प्रकरण: कारबाही प्रक्रिया अघि बढाउन सभामुखको निर्देशन

चिन्तन खबर

काठमाडौं । आजको प्रतिनिधिसभाको बैठकमाअछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाउनुभएको छ । सांसद बोगटीले ९ दिन पहिले १५ वर्षीय शाहीको हत्या भएको तर प्रशासनले जाहेरी दर्ता नलिएको भन्दै सभामुखमार्फत सरकारको नाममा रुलिङ माग गर्नुभएको हो ।

जाहेरी दर्ता गरिने भने पनि आजसम्म जाहेरी दर्ता नभएको भन्दै उनले अहिले उनको लास कुहिएको अवस्था रहेको बताउनुभयो । ‘दर्ता गर्नुस् भनेर भन्नुभएको थियो किन दर्ता भएन ?’ उहाँले भन्नुभयो ।
त्यसपछि सभामुख अग्नि प्रसाद सापकोटाले सरकारलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिनुभएको हो ।