Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सङ्क्रमण रोकथामका लागि पाँचथरमा प्रशासनको २७ बुँदे आदेश, कार्यान्वयन भने चुनौतिपूर्ण « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सङ्क्रमण रोकथामका लागि पाँचथरमा प्रशासनको २७ बुँदे आदेश, कार्यान्वयन भने चुनौतिपूर्ण

चिन्तन खबर

फिदिम । कोभिड–१९ सङ्क्रमणको तेश्रो लहर तीब्र रुपमा फैलिइरहेको अवस्थामा सङ्क्रमण रोकथामका लागि पाँचथरमा जिल्ला प्रशासन कार्यालय पाँचथरले २७ बुँदे आदेश जारी गरेको छ ।

मन्त्रिपरिषदको पुस ३० गतेको निर्णय, सङ्क्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम माघ ७ गते मध्यरातदेखि अर्को सूचना जारी नहोउञ्जेलसम्मका लागि उक्त आदेश जारी भएको हो । आदेशअनुसार भीड हुने सबै कार्यक्रम माघ मसान्तसम्म नगर्ने, गोष्ठि, सेमिनार, समीक्षा, बैठक लगायत कार्यक्रममा २५ जनाभन्दा बढी सहभागी नहुने, मानिसको भीडभाड हुने स्थानहरु तथा विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्ने, धार्मिक स्थलहरुमा नित्यपूजा, ध्यान र प्रार्थना मात्रै गर्ने, सबै सार्वजनिक निकायमा खोपकार्ड अनिवार्य गरिएको छ ।

सपिङ मल लगायत ब्यापारिक केन्द्रमा एकै पटकमा २५ जनाभन्दा बढी भेला नहुने, खेलकुद हुने स्थान तथा पार्टी प्यालेसमा कूल क्षमताको एक तिहाईमा नबढ्ने गरी बढीमा ५० मानिसको उपस्थितिमा गतिविधि गर्ने, धार्मिक र साँस्कृतिक क्रियाकलापमा ५० जनाभन्दा बढी भेला नहुने समेत प्रशासनले निर्देशन दिएको छ । यस्तै सार्वजनिक यातायातका लागि प्रशासनले नौं बुँदे मापदण्ड तय गर्दै सवारीका साधन दैनिक निसङ्क्रमण गर्न तथा स्वास्थ्य सुरक्षाका मापदण्डको कडाईका साथ पालना गर्न निर्देशन दिइएको छ ।

होटल तथा रेस्टुरेण्ट सञ्चालनका लागि समेत प्रशासनले नौं वुँदे आदेश जारी गर्दै प्रशासनले सबै प्रकारका सेवा तथा ब्यवसायमा अग्रपङ्तीमा काम गर्ने ब्यक्तिहरुको साप्ताहिक रुपमा एण्टिजेन परीक्षण गर्न, कोभिड–१९ को लक्षण देखिए अनिवार्य क्वारेण्टिन बस्न, सार्वजनिक तथा निजी सेवा प्रदायकले सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ ।

यस्तै नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालना गर्न आग्रह गर्दै प्रशासनले नौं वुँदे आदेश जारी गरेको छ । सरकारी निकायलाई सङ्क्रमण रोकथाममा सहयोग गर्न आग्रह गर्दै प्रजिअ सुरेश न्यौपानेद्वारा जारी आदेशमा आदेशका प्रावधानहरु अवज्ञा भएमा कानूनबमोजिम कारबाही हुने स्पष्ट पारिएको छ ।

जिल्लामा कोभिड–१९ को सङ्क्रमण बढेपछि पहिलो र दोश्रो लहरका समयमा समेत यसै प्रकारका निर्देशन जारी भएपनि तिनको पालना गर्न तथा गराउन कठिन परेको पाइएको थियो । देशभरिमा १० हजारभन्दा बढी दैनिक सङ्क्रमित थपिइरहेको अवस्थामा पाँचथरमा सङ्क्रमितको संख्या निकै न्यून छ भने सङ्क्रमणसँग मिल्ने लक्षण भएका मानिसको संख्या समेत सामान्य छ । यस्तो अवस्थामा प्रशासनको आदेश पूर्ण पालना भए सङ्क्रमण रोकथाम निकै सहज हुने देखिएपनि विगतको अनुभवले यस प्रकारका आदेशको पालना नै कठिन हुने गरेको छ ।

(आदेशको पूर्ण पाठ डाउनलोड गरेर पढ्न सक्नुहुनेछ ।)

जिल्ला_प्रशासन_कार्यालय_पाँचथरबाट_जारी_