Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
एसियन कप छनोट : जोर्डनसँग नेपाल पराजित « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

एसियन कप छनोट : जोर्डनसँग नेपाल पराजित

चिन्तन खबर

काठमाडौं । एएफसी एसियन कप २०२३ को अन्तिम चरणको छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको छ ।

समूह ए अन्तर्गत कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो । जोर्डनले अन्तिम २१ मिनेटमा दुई गोल गरेको थियो । जोर्डनसँग नेपाल पराजित भएको यो चौथो पटक हो । अहिलेसम्मको पाँच भेटमा नेपालले जोर्डनलाई एक पटक मात्र बराबरीमा रोक्न सकेको छ ।

यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका गोलकिपर दिप कार्कीले उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले हार रोक्न सकेन । दिपले पहिलो हाफमा पेनाल्टी बचाएका थिए । तर दोस्रो हाफमा जोर्डनले अर्को पटक पेनाल्टी पाउँदा गोल गर्‍यो ।

खेलाडी प्रशिक्षक विवादका कारण नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी बिना कुवेत पुगेको नेपालका लागि नवयुग श्रेष्ठले यसै खेलबाट कप्तानी डेब्यु गरे । यस्तै गोलकिपर दिपसँगै डिफेण्डर विकास तामाङले पनि सिनियर टिममा डेब्यु गरे । तर पहिलो हाफमा विकासले जोर्डनलाई पेनाल्टीको अवसर दिंदा दिपले त्यसलाई बचाउँदै नेपालको संकट टारेका थिए । त्यसबाहेक पनि उनले केही उत्कृष्ट बचाउ गरे ।

४३औं मिनेटमा नेपालका विकास तामाङले मोहमद फैसल जारिकलाई फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । तर माउसा मोहमद सुलेमानको पेनाल्टी प्रहार नेपालका गोलकिपर दिप कार्कीले उत्कृष्ट डाइभ गर्दै बचाए । विकास त्रिभुवन आर्मी फुटबल क्लब र दिपले हिमालयन शेर्पा क्लबबाट खेलेका थिए ।

११ सिनियर खेलाडीविना उत्रेको नेपालले पहिलो हाफमा डिफेन्सिभ खेल्दै जोर्डनलाई बराबरीमा रोक्न सफल भयो । दिपले राष्ट्रियमा टिममा यसअघि परे पनि डेब्यु गर्न पाएका थिएनन् । विकासले भने पहिलो पटक राष्ट्रिय टिममा पर्दा नै पहिलो रोजाइमा खेल्दै डेब्यु गरे ।

जोर्डनविरुद्ध पहिलो रोजाइमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डेब्यु गराएका दिप र विकासहसित ६ खेलाडी थिए । उनले यसअघि डेब्यु गराएका गौतम श्रेष्ठ, मनिष डाँगी, आयुष घलान र सुरज ज्यु ठकुरी पनि जोर्डनविरुद्ध पहिलो रोजाइमा खेलेका थिए ।

दोस्रो हाफमा सुरुवातमा पनि नेपालले रक्षात्मक खेल्दै जोर्डनलाई गोल गर्न दिएको थिएन । तर ६९औं मिनेटमा अली इयाद ओलवानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । ओलानले सुलेमानको पासमा गोल गरे । दोस्रो हाफमा जोर्डनले अर्को पेनाल्टी पायो ।

तर यस पटक भने जोर्डनका हम्जा अलदरादेह चुकेनन् । उनले ८१औं मिनेटमा प्राप्त पेनाल्टीमा सहजै गोल गर्दै जोर्डनलाई २–० को अग्रता दिलाए । जितपछि जोर्डनले ३ अंक जोड्दा नेपालले हारबाट सुरुवात गरेको छ ।

बुधबार भएको यस समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २१ ले पराजित भएको थियो । नेपालले समूहको दोस्रो खेल २८ जेठमा कुवेतसँग खेल्नेछ ।