काठमाडौं । प्रधानमन्त्रीको आसन्न भ्रमणका विषयमा नेकपा(एमाले)ले प्रतिनिधिसभामा जवाफ माग गरेको छ । विशेष समय लिएर बोल्दै एमाले नेता एवं पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमण, अमेरिकी सेनाको नेपालमा उपस्थिति लगायतका विषयमा प्रश्न उठाउनुभएको छ ।
उहाँले भ्रमणको औचितय पुष्टि गर्नुपर्ने माग गर्नुभयो ।
उहाँले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डताको रक्षा हाम्रो परराष्ट्र सम्बन्धको मूल आधार हुन भएको बताउनुभयो ।
यससँग बाँझिने गरी तालिम वा अरु कुनै नाममा विदेशी सेनाको उपस्थिति हाम्रो संविधानले स्वीकृति दिदैन उहाँले भन्नुभयो ।
नेपाललाई कुनैपनि अर्थमा भूराजनीतिक द्वन्द्वको थलो बनाइनु हुँदैन उहाँले भन्नुभयो ।
प्रतिक्रिया