Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
सभाहलका लागि छुट्टिएन बजेट, पूर्वमन्त्री नेम्वाङको प्रश्नः पाँचथरे जनतालाई यहि कुरा सुनाउने ? (भिडिओ) « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

सभाहलका लागि छुट्टिएन बजेट, पूर्वमन्त्री नेम्वाङको प्रश्नः पाँचथरे जनतालाई यहि कुरा सुनाउने ? (भिडिओ)

चिन्तन खबर

काठमाडौं । पाँचथरको फिदिममा बहुउद्देश्ययीय सभाहल निर्माणका लागि सरकारले बजेटको ब्यवस्था नगरेपछि पूर्वमन्त्री एवम् पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले ‘यहि कुरा पाँचथरे जनतालाई सुनाऔं ?’ भनि सरकारलाई प्रश्न गर्नुभएको छ ।

नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री छँदा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको फिदिम–१ लखनमार्ग स्थित ५ रोपनी जग्गा शहरी विकासका नाममा खरिद गरी सभाहल निर्माणको प्रक्रिया सुरुआत भएको थियो । शहरी विकास मन्त्रालयले सभाहल निर्माणका लागि विस्तृत परियोनजा प्रतिवेदन (डीपीआर) समेत तयार पारिसकेको थियो ।

तर सरकारले प्रतिनिधिसभामा पेश गरेको आगामी आ.व.को बजेटमा उक्त सभाहल निर्माणका लागि कुनै बजेट राखिएको छैन् । बजेट नै नभएपछि विनियोजन विधेयकको दफावार छलफलमा भाग लिँदै पूर्वमन्त्री नेम्वाङले प्रश्न गर्नुभयो “पाँचथरले जनताले मन्त्रीलाई के भन्ने ? यहि कुरा हामीले पाँचथरे जनतालाई सुनाऔं ?”

यस्तै सघन शहरी विकास कार्यक्रमअन्तर्गत चालु आ.व.मा १२ वटा योजना रहेको पाँचथरमा आगामी आ.व.का लागि एउटा योजना राखिएको पाइएको भन्दै नेम्वाङले सोध्नुभयो, “यो कसरी समानुपातिक वितरण हुन्छ ?”

सघन शहरी विकास कार्यक्रम विगतमा ५१ वटा नगरपालिकामा सञ्चालनमा थियो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सुरुआत गरेको उक्त कार्यक्रमले धेरै स्थानको विकासमा सघाउ पुगेको थियो ।

वर्तमान सरकारले उक्त कार्यक्रम आ.व. मा थप २१ वटा नगरपालिका विस्तार गरी बजेट बढाउने र साना योजना नराख्ने वताएको छ । तर सरकारले अहिले २० लाख देखि १८ करोडसम्म योजना राखेको आफूले पाएको भन्दै प्रतिनिधिसभा सदस्य नेम्वाङले वर्तमान सरकारबाट विकासमा समानुपातिक प्रणाली लागू नभएको र पाँचथर जिल्लालाई उपेक्षा गरिएको वताउनुभयो ।