पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मध्यरातमा पूर्वनासुलाई आफ्नो कार्यकक्षमा बोलाएर अर्थमन्त्रीले के गर्न खोज्नुभएको हो ?

चिन्तन खबर

काठमाडौं । प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरिएको छ । आज बसेको संसद बैठकमा एमालेका नेता योगेशकुमार भट्टराईले बोल्नुहुँदै राजीनामा दिनुपर्ने बताउनुभएको छ ।

मध्यरातमा भएको मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको बारेमा प्रश्न उठाउदै राजीनामा माग गर्नुभयो । उहाँले भन्नुभयो– ‘अर्थमन्त्रीले भन्सारका दरमा केही हेरफेर गर्न पूर्वनासुलाई आफ्नो कार्यकक्षमा बोलाएर आफ्ना उच्च पदस्त कर्मचारीलाई निर्देशन दिदै उहाँ मेरो प्रतिनिधि हो उहाँले भन्सार र राजश्वका दरमा हेरफेर गर्नुहुन्छ भन्ने निर्देशन दिएको कुरा आएका छन् । जबरजस्ती अर्थमन्त्रीको निर्देशनमा मध्यरातमा तमाम बस्तुहरुमा राजश्व र भन्सारकादरहरु तलमाथि गरेर के गर्न खोजिएको हो हामि प्रश्न उठाउँछौ ? ।’

‘नेपालको संसदिय इतिहासमा यस्ता प्रश्नहरु उठेका थिए । यहि कुनै मन्त्रीका विदेशमा डलरखातामा कुरा उठेका थिए । त्यस अवस्थामा संसदमा त्यो कुरा उठेपछि राजीनामा दिएको कुरा यहि संसदमा भएका हुन् ।’ उहाँले भन्नुभयो ।

भट्टराईले वेलायतका संसदमा अर्थमन्त्रीले दिएको संसदमा पूर्व संकेत दिएको हुनाले ति अर्थमन्त्रीले पद छोड्नुपरेको कुरा उठाउदै उक्त विषयमा अब अर्थमन्त्रीले के गर्नुहुन्छ भन्दै उहाँले प्रश्न उठाउनु भयो ।