विराटनगर । ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. २ पाखुरेडाँडामा ढुङ्गाले किचेर एक बालकको मृत्यु भएको छ ।
सोमवार बेलुकी साढे ५ बजे साथीहरुसँग चुथ्रो खान गएका भीमबहादुर श्रेष्ठका ६ वर्षीय छोरा भीमबहादुरलाई भीरबाट झरेको ढुङ्गाले लागेको थियो ।
टाउकोमा चोट लागि गम्भीर घाइते भएका उनलाइ उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पु¥याइएकामा उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रतिक्रिया