Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
प्रतिनिधिसभामा एसपिपीबारे ध्यानाकर्षण « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

प्रतिनिधिसभामा एसपिपीबारे ध्यानाकर्षण

चिन्तन खबर

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राम (एसपिपी) सम्झौता गर्न लागेको भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकमा विशेष समय लिएर पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले नेपालको स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिमा खलल पुग्ने गरी कुनै पनि गतिविधि गर्न नहुने धारणा राख्दै यसबारेमा सदनलाई स्पष्ट पार्न माग गर्नुभयो ।

उहाँले सन् २०१५ मा भएको पत्राचारपछि सो सम्झौताको मस्यौदा तत्कालीन सरकारले गहिरो अध्ययनविना प्रक्रिया अघि नबढाएको स्मरण पनि गर्नुभयो । साथै नेता ज्ञवालीले नेपाली सेना विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घको आह्वानमा बाहेक अन्य कुनै पनि मुलुकको रणनीतिक छातामुनि खट्न नहुने स्पष्ट गर्नुभयो । नेपालको परराष्ट्र नीति र बाह्य सम्बन्धलाई प्रतिकूल असर पार्ने कार्य नगर्न उहाँले आग्रह गर्नुभयो ।