Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /mnt/volume_cybernew/chintankhabar.com/public_html/wp-includes/functions.php on line 6121
नेपालले बहराइनलाई हरायो « Chintankhabar

पान्थर मिडिया प्रा.ली.
सूचना विभागमा दर्ता नं. : ३०४३/०७८/०७९
Office: फिदिम न.पा. - १ पाँचथर
Phone: +९७७ ०२४-५२०५५५
Admin: Info@chintankhabar.com
News: chintankhabar@gmail.com

नेपालले बहराइनलाई हरायो

चिन्तन खबर

काठमाडौं । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले बहराइनलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई आठ विकेटले पराजित गर्दै एक खेल अगावै सेमिफाइनलमा पुगेको हो । प्रतियोगितामा यस जीतसँगै नेपालले लगातार तेस्रो जीत दर्ता गराएको छ ।

नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो ।

बहराइनले दिएको १५ रनको लक्ष्य नेपालले ३ दशमलव ४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥र्यो । नेपालका लागि सीता राना मगरले ४ रन जोडिन् भने कविता कुँवरले अविजित ३ रन बनाइन् । बहराइनकी पभिथ्र सेट्ठी र भिल्सिटा बार्बोजाले एक÷एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएको थियो । वर्षाको कारण खेल ७ ओभरमा झारिएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोडिन् । कप्तान दिपीका रासंगिका र थरंगाले २र२ रन जोडिन् ।

नेपालकी कविता कुँवर र सबनम राईले २र२ विकेट लिइन् भने अश्मिना कर्माचार्यले १ विकेट झारिन् । समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ । नेपालले भोलि हङ्कङसँग खेल्नेछ ।