मोरङ । मोरङको बिराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर स्थानीय ३३ बर्षीय सुनिता चौधरी माझीको मृत्यु भएको छ ।
बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी माझीलाई तत्काल उपचारका लागि कोशी अस्पताल पु¥याइएका उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया